म्याग्दी समाज समिति दक्षिण कोरियाको आज बसेको अपर्झत बैठकले आगामी मे १७ तारिख आईतबारको दिन प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्नेनिर्णय गरेको छ । राजधानी सउलको तोङदेमुन स्थित नाक्खासान एरियामा आज अप्रान्ह बसेको अपर्झत बैठकले उक्त निर्णय गरेको हो । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा भाग्यशाली चिट्ठा कार्यक्रम लगायत सेलरोटी सहितको मिष्ठान्न परिकारहरु समितिको तर्फबाट बिक्रीबितरण गर्ने निर्णय गरेको छ । कार्यक्रम तयारीको लागि सेलरोटी र अचार तर्फ पुर्ण तुलाचन,पार्वती बरुवाल,शुष्मा पुर्जा र नुनु कुमारी पुर्जालाई जिम्मा दिईएको छ भने तरकारी लगायतका अन्य बिबिध तर्फ नमिता पुन,राजु पुन,राम कृष्ण पुन,राम खड्का ,नारायण बरुवाल र भक्त तिलिजालाई जिम्मा दिईएको छ । बैठकले भलिबल पुरस्कार,चिट्ठा पुरस्कार लगायतका बिबिध बिषयहरु माथि निर्णय गरि सकेको छ । भाग्यशाली चिट्ठा टिकट पर्सी मंगलबार सम्ममा तयारी हुनु पर्ने गरि सचिव भरत तुलाचनलाई जिम्मा दिईएको छ भने अन्य तयारी सम्बन्धमा म्याग्दी समाज कोरिया ब्लगमा राखिदै जाने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment