Sep 23, 2008

प्रस्ताबना

धवलागिरि हिमश्रृंखलाको काखमा अवस्थित म्याग्दी जिल्लाबाट रोजगारको खोजिमा हजारौं युवाहरु संसारको बिभिन्न मुलुकहरुमा गई रोजगार गरिरहेका छन। यसै क्रममा म्याग्दी जिल्लाबाट कोरियाली भूमिमा पनि सन १९९० को दशकतिर बाट नै आगमन भई कार्यरत भएको पाईन्छ । तर तत्कालिन समयमा यस भूमिमा कार्यरत सिमित संख्यामा रहेका म्याग्देली युवाहरु बाट संस्थाको स्थापना गर्न सम्भव थिएन । बिल्कुल नयां ठाऊं, नयां परिवेश र भाषिक समस्याहरु संगै खड्किएका बिबिध अप्ठ्याराहरु संग आफू स्वयंले मुकाबिला गर्नु बाहेकको बिकल्प थिएन । भलै नजिकका चिनेजानेका साथीभाईहरु संगको क्षणिक भेटघाटमा दुख बिसाउनु र सहयोगको आदान प्रदान गर्न सक्नु नै उपलब्धि मानिने तत्कालिन समय पश्चात कोरियाली भूमिमा बेरोजगार नेपालीहरुको आगमन संगै म्याग्देली युवाहरुको संख्यामा पनि दिनानुदिन बृद्दि हुन थाल्यो । संख्यात्मक बृद्दि संगै बिबिध समस्याहरुको समाधान तड्कारो खड्किए पछि यस भूमिमा कार्यरत केहि समाजसेवी युवाहरुको सकृयतामा म्याग्दी समाज समिति नामक संस्थाको स्थापना भएको थियो . सन १९९७ सालमा स्थापना भएको यस संस्था बिभिन्न उकाली ओह्रालीहरू पार गर्दै आज यहां सम्म आईपुग्न सफल भएको छ । यस संस्थाको मुल उद्देश्य भन्नु नै कोरियाली भूमिमा कार्यरत हरेक म्याग्देलीहरुलाई एक बनाई आपसी मित्रता र दुखसुखमा एकआपसमा सहयोगको भावना जागृत बनाउनु रहि आएको छ । यस भूमिमा रहेका हरेक संघसंस्थाहरु संग भाईचाराको सम्बन्ध रहिआएको हाम्रो यस संस्थाले समयानुकुल सांस्कृतिक कार्यक्रम, प्रतिस्प्रर्धात्मक भलिबल खेल आदि जस्ता कार्यक्रमहरुको सफल आयोजना गर्दै आई रहेको छ । आगामी दिनहरुमा थप सेवामुलक कार्यहरु गर्दै अगाडि बढ्ने लक्षका साथ हाल बाबियाचौर गाबिस सहश्रधारा बाट कोरिया आई कार्यरत श्री मुक्ति केसी ज्युको अध्यक्षतामा १५ सदस्यिय कार्य समितिले सकृयताका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

No comments:

Post a Comment