२००९ मार्च १ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकले पहिलो चरणमा १४ जना म्याग्दी समाज भलिबल टीमकोलागि खेलाडीहरुको छनोट गरि नाम लिष्ट तयार पारेको छ । बैठकले चयन गरेको पहिलो चरणमा छनोट भएका खेलाडीहरुमा राम खड्का,राम कृष्ण पुन,भक्त तिलिजा,कमलेश थापा,भिम पुन,अनुप बस्नेत,दलु पुर्जा,यु कुमार राना, नारायण बरुवाल,जीबन बानियां,कृष्ण पुन,धन पुन, आचार्य शिं राई र गणेश चौधरी रहेका छन । त्यस्तै खेल अबधि भर खेलाडीहरुलाई प्रशिक्षकको आबश्यकतालाई ध्यानमा राख्दै भक्त सेरचन र राजु पुनलाई अस्थाई प्रशिक्षकको रुपमा चयन गर्दै आगामी १० तारिखसम्ममा पहिलो चरणमा छनोट भएका खेलाडीहरु मध्य बाट ९ जना खेलाडी छनोट गर्ने निर्णय समेत भएको छ । साथै एन सि सी कप आयोजना हुने दिन अर्थात मार्च १५ तारिखमा म्याग्देली खेलाडीहरुको मनोबल बढाउन जति सक्दो धेरै म्याग्देली प्रवासीहरुलाई कार्यक्रममा उपस्थिति बनाउनु पर्ने निचोड निकाल्दै उईजंबु ,धक्केरी र पोच्छन एरियाबाट नरेन्द्र पुर्जा र रत्न छन्त्याल त्यस्तै सउल एरियाबाट भरत तुलाचन सङनाम एरियामा नारायण बरुवाल, ईन्छन एरियामा कर्ण पुन थेगु एरियामा इन्द्र ध्वज बरुवाललाई आ-आफ्नो एरियामा रहेका म्याग्देलीहरुलाई कार्यक्रममा ल्याउन प्रत्साहन गर्ने जिम्मेवारी दिईएको छ । म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवालको अध्यक्षतामा सम्पन्न भएको हिजोको बैठकमा मुख्य गरि आगामी मार्च १५ तारिखमा आयोजना हुन गईरहेको एन सि सी कपमा सहभागि जनाउन र यसपालि समेत एन सि सी कप समाजको पोल्टामा कसरी पार्न सकिन्छ ? भन्ने बिषयमा ध्यान केन्द्रित भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment