btulachan,seoul korea
म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा आयोजित प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २००९- सफलताका साथ सम्पन्न भएको छ । राजधानी सउलको सिमाना नजिक रहेको माङओलसान स्थित सिन होङ युनिभर्सिटीको स्टुडियममा आयोजित उक्त प्रतियोगितामा म्याग्दी समाज समिति,बाग्लुङ सम्पर्क समिति,नेपाल मगर संघ, पर्वत सेवा समाज,खोताङ सेवा समाज,स्याङजा परिवार,मुन्जङ प्रवासी क्लव,गोरखा परिवार रगुल्मी सम्पर्क समिति गरि जम्मा ९ टीमले भाग लिएका थिए । ९ टीम बीच भएको प्रतिस्प्रर्धाको पहिलो राउन्डमा क्रमस: नेपाल मगर संघले गोरखा परिवारलाई,बाग्लुङ सम्पर्क सामितिले स्याङजा परिवारलाई,पर्वत सेवा समाजले गुल्मी सम्पर्क सामितलाई र म्याग्दी समाज समितिले मुन्जङ प्रवासी क्लवलाई हराउंदै दोश्रो राउन्डमा प्रवेश गरेका थिए । दोश्रो राउन्डमा बाईमा परेको खोताङ सेवा समाजलाई बाग्लुङ सम्पर्क सामितिले र नेपाल मगर संघलाई पर्वत सेवा समाजले हराउंदै बाग्लुङ र पर्वत फाईनल खेलको लागि गोला प्रथामा पुगेका थिए भने पहिलो राउन्डमा बिजयी म्याग्दी समाज सिधै सेमिफाईनल खेलमा पगेको थियो ।बाग्लुङ र पर्वत बीच भएको गोला नतिजा अनुसार बाग्लुङ फाईनल प्रवेश गर्यो भने पर्वत टीम र म्याग्दी समाज टीम बीच फाईनल खेलको लागिप्रतिस्प्रर्धा भयो । दुबै टीमको प्रतिस्प्रर्धा पश्चात पर्वतले म्याग्दीलाई बिजय बनाउंदै बाग्लुङ संग अन्तिम प्रतिस्प्रर्धा गरेको थियो । पर्वत सेवा समाजले बाग्लुङ सम्पर्क समितिलाई समेत पछि पार्दै म्याग्दी रनिङ कप २००९ मा पूर्ण बिजय बनाउन सफल भएको छ । कार्यक्रममा समितिको तर्फबाट सेलरोटी तरकारी चिया लगायतका बिक्री बितरण गरेको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको म्याग्दी रनिङ कप २००९ मा सम्भवत: कोरियाली भूमिमा पहिलो पटक लोक गीत र नृत्य समेत प्रदर्शन गरिएको थियो । साथै कार्यक्रममा खोलिएको भाग्यशालि चिट्ठाको नतिजा यस प्रकार रहेको छ ।
प्रथम- नरबिर गुरुङ लम्जुङ चिट्ठा नम्बर ०००६६०
दोश्रो- राम बरुवाल- म्याग्दी चिट्ठा नम्बर ०००९९३
तेश्रो- पुर्ण छन्त्याल म्याग्दी चिट्ठा नम्बर ०००२८७
सान्त्वना पुरस्कार
गणेश पाठक चिट्ठा नम्बर ०००९९२
सुरेन्द्र बराल रुपन्देही चिट्ठा नम्बर ०००३३१
आनन्द गुरुङ कास्की चिट्ठा नम्बर ०००४७२
बिपिन गुरुङ बाग्लुङ चिट्ठा नम्बर ०००८५१
शुसिला रोका म्याग्दी चिट्ठा नम्बर ०००८८५
अन्तमा कार्यक्रममा सहयोग पुरयाउनु हुने संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रवासी नेपाली दाजुभाई तथादिदीबहिनीहरुमा म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक धन्यबाद प्रकट गर्दछ ।
म्याग्देली चेलीको नृत्य प्रदर्शनमा संगै नाच्दै दर्शक
सेलरोटी बिक्री बितरणमा म्याग्देलीहरु
संघसंस्थाका प्रतिनिधिहरु
फोटो अपलोडरको आंखामा...... तस्बिर आफै बोल्छ
No comments:
Post a Comment