Feb 17, 2009

सांस्कृतिक कार्यक्रम गर्ने सपना साकार हुन सकेन भन्दैमा हामी निराश हुनु पर्ने अवस्था छैन

भरत तुलाचन, सउल कोरिया ।
सन १९९७ सालमा स्थापना भएको म्याग्दी समाज समिति दक्षिण कोरिया कोरियाली भूमिमा पूरानो र एकस्थापित संस्थाको रुपमा चिनिन्छ । हाम्रो यस संस्थाको स्थापना हुंदा यस भूमिमा दुई चार भन्दा बढि संघसंस्थाहरु नै थिएनन् । यस संस्थाको स्थापना पश्चात कोरियामा कार्यरत म्याग्देलीहरुलाई गोलबद्द बनाई हरेक म्याग्देली बिचको पारस्परिक सम्बन्धलाई मजबुद बनाउंदै आएको छ । करिव १२ बर्ष अगाडि स्थापना भएको म्याग्दी जिल्लाकै पहिलो क्याम्पसमा अध्ययन गर्नको लागि सदरमुकाम आई पुग्ने दुर्गम भेगका बिधार्थीहरुको वासस्थान (छात्रवास भवन) को आवश्यकतालाई महसुस गरि करिव ८ लाख नेरुको लागतमा छात्रवास भवनको निर्माण गरि समाज सेवामा उदाहरणिय बनेको यस समिति कोरियाली भूमिमा हरेक संघ संस्थाहरु संग उत्तिकैपारस्परिक र भावानात्मक एकताका साथ अगाडि बढिरहेको छ । प्रवासिएका खेलाडीहरुको खेल क्षमतामा कमिपन आउन नदिन खेल प्रतियोगिताको आयोजना गर्नु पर्दछ भन्ने मान्यताका साथ यस भूमिमा निरन्तर भलिबल खेलको आयोजना गर्दै आईरहेको म्याग्दी समाज समितिले स्थानिय कलाकारहरुका साथ लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रम लगायत सन २००५ मा नेपालका ख्याति प्राप्त कलाकारहरु ल्याई सांस्कृतिक कार्यक्रमको सफल आयोजना गरि सकेको छ । तर समयको निरन्तर प्रवाहसंगै समाजकै तर्फबाट निर्माण भएको जिल्लाको छात्रवास भवनमा बिधार्थीहरुको चाप बढ्न गई भवनको तला थप्नु पर्ने समस्या तडकारो देखिएकोले कथंकडाचित कार्यक्रमबाट आर्थिक संकलनहुन सकेमा समस्या समाधान गर्न सकिने सम्भावनाका साथ यसपालीको छुसकमा नेपालबाट कलाकार ल्याई कार्यक्रम गर्ने निर्णय अनुरुप अगाडि बढिएको थियो । तर समयले गरेको प्रतिबादका कारण समाज सेवामा गरिएको यसपालीको सोंच अधुरै रह्यो । तर समस्या समाधानको बिकल्प सांस्कृतिक कार्यक्रम मात्रै भने पक्कैहोईन । थुप्रै बिकल्पहरु हामी संग हुन सक्छन । त्यसकारण कार्य समितिले अन्य बिकल्पहरुको खोज गरि समाज सेवाको अर्को उदाहरणिय बन्न सकिन्छ ।

No comments:

Post a Comment