मोना MONA ( Myagdeli Overseas Nepalese Association) युकेको अध्यक्षमा क्याप्टेन रेशम शेरचन चुनिनु भएको छ । हालै भएको मोना युकेको साधारण सभाद्वारा पुनर्गठित कार्यसमितिको अध्यक्षमा क्याप्टेन श्री रेशम शेरचन -जुग्जा) सर्बसम्मतिबाट चुनिनु भएको हो । बिभिन्न अनलाईन साईटहरुमा प्रकाशित समाचार अनुसार श्री शेरचनको नेतृत्वमा पुनर्गठित २५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा ध्रुब खत्री -रनबाङ), द्वितीय उपाध्यक्ष उमेश राना -धारापानी), सचिव योगकुमार फगामी -बेग), सहसचिव प्रकाश पौड्याल -पुलाचौर), कोषाध्यक्षमा दिलबहादुर मल्ल -राखु) र सहकोषाध्यक्षमा दशरथ शेरचन -ओखरबोट) रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा कमल पुर्जा -दाना), टंक शेरचन -जुग्जा), बीरबहादुर छन्त्याल -मल्कबाङ), झलक गर्बुजा -बिम), धनबहादुर पुन -चिमखोला), रत्न शाही -राखु), यामबहादुर पुन -रुन्मा), खुमबहादुर गर्बुजा, गणेश शेरचन -गलेश्वर), भोजबहादुर बानिया -घतान), तिर्थबहादुर तिलिजा -हिस्तान), अर्जुन मल्ल -राखु), देउजीत तिलिजा, सरला शाही -राखु), कुसुम मल्ल -राखु), सीता शेरचन -बेनी) र माया पुन -चिमखोला) चुनिनु भएको छ । यसैगरी मोना युकेको सल्लाहकारहरुमा क्या. लालबहादुर गर्बुजा -बेग), क्या. सन्तबहादुर पुन -शिख), ले. राजु पुन -पाउडर), क्या. जीतबहादुर घर्ति -पन्थोक), लिलामान शेरपुन्जा -हिडी), दूतबहादुर पुन -चिमखोला), योगेन्द्र केसी -दरबाङ), बेलबहादुर बुढा -सिरकुम), क्या. दूर्गा राम्जाली -कुहुँ), दलमान पुन -चिउरीबोट), अमर मल्ल -राखु), गणेश बुढाथोकी -किमचौर), बिल पुर्जा -शिख), कृष्ण तुलाचन -दाना) र ठाकुर शेरचन -झिं) रहनुभएको बिभिन्न अनलाईन साईटहरुमा प्रकाशित समाचारबाट थाहा हुन आएको छ । स्मरणिय रहोस केहि बर्ष अगाडि चर्चामा आएको म्याग्देलीहरुको अन्तर्राष्ट्रिय संन्जाल मोना (म्याग्देली प्रवासी नेपाली संघ) को बारेमा कोरियाली भूमिमा १३ बर्ष अगाडि स्थापना भएको म्याग्दे्ली प्रवासीहरुको संस्था म्याग्दी समाज समिति दक्षिण कोरिया भित्र बेलाबखत बहसको बिषय बनेको छ ।
Feb 6, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment