Dec 21, 2008

बेनी दरबाङ सडक योजना आशा र निराशा दुबै

२ बर्षअघि मोटरबाटो पुग्दा त्यस क्षेत्रका बासिन्दा निकै हर्षित बनेका थिए ।सडक निर्माण सम्पन्न भएको २ बर्ष सम्म पनि सम्ास्या जस्ताको तस्तै छ ।गाडि चढेर यात्रा यस क्षेत्रका बासिन्दाले यात्रा त गरेका छन् । यात्रागर्दा यात्रुहरु सुविधा भन्दा बढी सास्ती खेपी रहेका छन् । यात्रु मात्र नभएर लाखौको लगानी गरेका यातायात व्यावसायी पनि आजित बनेका छन् । सडकको अवस्थाले गर्दा व्यवसायीहरु लगानी जोखिममा परेको गुनासो गर्छन् । सडकको मर्मत र स्तर उन्नती गर्नका लागि पहल भने नभएको होईन् । यातायात व्यावसायीले बाटो बनाउदै गाडि चलाउदै गर्छन यो सडकमा । गत बर्षदेखि विकेन्द्रित ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम -डि्रलिप नामक संस्थाले यो सडकको पुर्नस्थापना गर्ने जिम्मा लिएको छ । बैशाखको दोस्रो हप्ता देखि डि्रलिपले सडकमा पुर्नस्थापना गर्ने काम सुरु गरेको जनाएको छ । बेनी देखि दरबाङ सम्मको सडक २३ किलो मिटर लामो रहेको छ । अहिले साढे तिन मिटरको हाराहारीमा चौडा भएको सडक लाई पाँच मिटर फराकीलो बनाउने लक्ष्य रहेको संस्थाले बताएको छ । यसका लागि रु ८ करोड लगानि हुने अनुमान गरिएको संस्थाका परामर्शदाता ईिाजनियर राकेशकुमार झाले जानकारी दिए । झाले दिएको जानकारी अनुसार सडकमा ग्राभेल ढुङगाको कजवे निर्माण गरिने छ ।त्यस्तै नेवारे खोलामा आरसिसी ढलान गरिने योजना छ । दुखु खोला र भाईबाङ खोलामा पक्की पुल निर्माण गरिने झाले बताए । एसियाली विकास बैङ्को ऋण र स्वीस सरकारको प्राविधिक सहयोगमा डि्रलिप कार्यक्रम संचालन भएको हो । कार्यक्रम जिल्ला विकास समिति संग सहकार्य गरेर संचालित छ । त्यस्तै सडकको विभिन्न ठाउँमा कच्चि नालको व्यवस्था गरिने र सडक वरपरका भुक्ष्य ब्यवस्थापन गर्ने योजना रहेको छ । योजना चैतको २५ गते सम्म सम्पन्न लक्ष्य रहेको परामर्शदाता ईिाजनियर झा ले बताए । साभार बेनी अनलाईन

No comments:

Post a Comment