Dec 23, 2008

थकाली सेवा समिति दक्षिण कोरिया द्दारा कोशी बाढी पिडितलाई आर्थिक सहयोग ।

भरत तुलाचन सउल, कोरिया ।
थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडितहरुको सहयोगार्थ ५००,००० (पांच लाख वन) हस्तान्तरण गरेको छ ।डिसेम्बर २१ तारिख आईतबारको दिन नेपाल कोरिया सांस्कृतिक मन्चको आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएका महामहिम राजदूत कमल प्रसाद कोईराला ज्युलाई थसेस कोरियाका अध्यक्ष भक्त सेरचनले उक्त रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्नु पुर्व अध्यक्ष सेरचनले कोरिया स्थित नेपाली दुतावास मार्फत पठाईएको यस सानो रकमले कोशी बाढी पिडितहरुलाई थोरै भएपनि राहत मिलोस् भन्ने कामना गर्नु भएको थियो । स्मरणिय रहोस, कोरियाको महान पर्व छुसकको एक नेपाली कार्यक्रममा थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडित सहयोगार्थ सेल रोटी लगायत मिष्ठान्न परिकारहरुको बिक्री बितरण गरेको थियो ।

No comments:

Post a Comment