Dec 16, 2008

थप सजकता अपनाऔं प्रवासी हो ! झुक्याउला डुब्लीकेट मानव शिकारीहरुको जत्थाले !

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनिन्छ । ओरालो लागेको मृगकै टाल भएको छ कोरियामा काम गर्ने हामी बिदेशीहरुको लागि । अबैध भनिएका हामी बिदेशी मजदूरहरुको धरपकडलाई निरन्तरता दिंदै गरेको खबरहरु त यहांको बिभिन्न न्युज च्यानलहरुमा प्रशारण हुने गर्दथ्यो नै, तर बिदेशी मजदूरहरुको अपहरण पश्चात ठूलो रकम असुल गर्ने डुब्लीकेट मानव शिकारीहरु प्रहरीको फन्दामा भन्ने लाजमर्दो समाचार आज बिहान यहांका बिभिन्न न्युज च्यानलहरुले महत्वका साथ प्रशारण गरेपछि यहां कार्यरत लाखौं बिदेशी मजदूरहरुलाई थप आतंकित बनाएको छ । हुन त बेला बखत् यहांका प्रमुख टीभी च्यानलहरुले यस सम्बन्धि संभाबित घटनाहरुको बारेमा टिका टिप्पनी नगरेका भने होईनन । तर निर्दोष बिदेशी मजदूरहरुलाई अपहरण नै गरि फिरौती रकम असुलिएको समाचार भने पहिलो हुनु पर्दछ । त्यसकारण, अब कुनै पनि बेला नर पिचाश स्वरुपका डुब्लिकेट मानव शिकारीहरुले डुब्लीकेटै कार्ड देखाएर झुक्याउन सक्ने सम्भावना प्रति समेत सजक हुनु पर्ने बेला आएको छ ।

No comments:

Post a Comment