Dec 1, 2008

कोरियाली सरकार बिरुद्द बिशाल प्रर्दशन ।

प्रवासी श्रमिकहरु माथि दक्षिण कोरियामा भईरहेको अमानबिय धरपकडको बिरुद्द गत नोभेम्बर ३० तारिख आईतबारको दिन कोरियाको राजधानी सौलको मुटुमा रहेको सौल श्टेशन अगाडी मानव अधिकारबादी,नगरिक समाज,प्रवासी तथा कोरियनहरुको उपस्थितिमा बिशाल प्रर्दशन भएको छ ।
कोरिया बाट प्रकाशित हुने आईबीएमके ईन्टर्नेट साईटमा प्रकाशित समाचार अनुसार उक्त दिनको बिरोध रर्यालीमा सहभागीहरुले कोरियाली सरकारले मानव अधिकारको हनन गर्दै कोरियाको बिभिन्न स्थानमा हालै भएको धरपकडकोब्यापक बिरोध गरेका छन।साथै कोरिया प्रवासीहरु केबल कमोडिडी अर्थात उपभोग्य बसतुको रुपमा प्रयोग भई रहेको आरोप लगाउंदै मानबिय ब्यबहार गर्न समेतआग्रह गरे । प्रर्दशन कारीहरुले धरपकडको मात्र बिरोध गरेनन् कोरियाले अबलम्बन गरेको ईम्प्लायमेन्ट परमिट सिस्टमको समेत चर्को बिरोधगरेका छन । प्रवासी श्रमिकहरुलाई कोरियाली समाजको एउटा अंग सम्झन र आफूले श्रम गरेको देशमा बस्न पाउने मानबीय अधिकारको ग्यारेन्टीगर्न समेत आग्रह गरेका छन ।

No comments:

Post a Comment