Sep 4, 2009

म्याग्दीमा जीप दुर्घटना हुंदा थुप्रै घाईते भए रे ,किन हुन्छ हाम्रो म्याग्दीमा बारंबार सडक दुर्घटना ?

btulachan,Korea
म्याग्दीको रातोढुङ्गा देखि तातोपानी तर्फ जाँदै गरेको को १ ज्ा १२८३ नम्बरको जिप बिहीबार दिउँसो बाबियाचौर गाविसको सिमलचौरमा दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । जिप दुर्घटनामा परि घाईते भएकाहरु मध्ये दरवाङ ३ की तारादेवी रोका र रुम ९ की रुमदेवी घर्ती मगरको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल म्याग्दीले जनाएको छ । अन्यको अवस्था सामान्य छ । सबै घाईतेहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । सडकको बिचमा हिँडी रहेका बटुवालाई बचाउन खोज्दा सन्तुलन गुमाउन गई जिप दुर्घटना भएको भन्ने खबर आज बेनी अनलाईनले लेखेको छ । हाम्रो जिल्लाका यस्ता खबरहरु प्राय: सुन्नमा आई रहन्छ । म्याग्दीको रातोढुंगामा माईक्रो बस खसेर थुप्रै छिमेकीहरुको निधन र घाईते भएको धेरै भएको छैन । सुन्नमा आए अनुसार बेनी-दरबाङ सडक यात्रा अति जोखिम मोलेर गर्नु पर्ने बाध्यता छ । प्राय कतिपय ठांऊमा गाडी क्रस गर्न करिब एक सय मिटर ब्याक गर्नु पर्दछ । म्याग्दी खोलाको किनारै किनार यात्रा गर्नु पर्ने बाध्यताले सानो दुर्घटना भएमा ज्यान जोगिने आशा कमै हुन्छ । अझ भन्नु पर्दा अपरिपक्क र अयोग्य ड्राईभरहरुको लापरबाहीले त झन् यात्रालाई सिधै जोखिममा पारि रहेकै छ । गाउं गाऊं सम्म यातायातको सुबिधा पुग्नु जति स्वागत योग्य छ, त्यसलाई खतरा मुक्त बनाउनु पनि त्यत्तिकै आबश्यक र जिम्मेवार देखिन्छ ।

No comments:

Post a Comment