Aug 22, 2009

म्याग्देली चेलीहरुलाई दर ख्वाईयो । कार्यक्रम अति सफल

नेपाली महिलाहरुको चाड हरितालिका तीज २०६६ मा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली चेलीहरुको सम्मानमा आयोजित दरखाने कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको छ । कोरियामा कार्यरत करिव २० जना म्याग्देली चेली र करिव ८० जना पुरुषहरु गरि करिव ९० जनाको उपस्थिति रहेको दरखाने कार्यक्रम म्याग्दी समाज समितिले आयोजना गरेको हाल सम्मकै सब भन्दा नौलो र अति सफलताका साथ सम्पन्न भएको छ । समाजका भुपु अध्यक्ष टेक बहादुर पुनले पानसमा बत्ती बाली उद्घाटन गरिएको उक्त कार्यक्रममा उपस्थित चेलीबेटीलाई समाजका अध्यक्ष नर बहादुर पुनले उपहार र म्याग्देली ज्यष्ठ तथा भुपु अध्यक्ष टेक बहादुर पुनले दर र प्रसाद बितरण गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न बक्ताहरुले चेलीबेटीहरुलाई आशिर्बाद र कार्यक्रम सम्बन्धि चर्चा गरेका थिए ।
समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षता र बरिष्ठ सल्लाहकार टेक बहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा भुपु अध्यक्ष बिरु रोका, थसेस अध्यक्ष भक्त सेरचन,नेको सांस्कृतिक मंचका उपाध्यक्ष चन्द्र लामा अतिथि रहनु भएको थियो । कार्यक्रममा म्याग्देली भलिबल खेलाडीहरुलाई समेत खाडा ओद्याएर सम्मान गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा उपाध्यक्ष नारायण बरुवालले उपस्थित म्याग्देली जोडी (श्रीमान श्रीमती) नृत्यको संचालन गर्नु भएको थियो । अति रोमान्चित रुपमा संचालित उक्त नृत्यमा जजमेन द्दय भक्त सेरचन र टेक बहादुर पुनको संयुक्त निर्णयले दलु पुर्जा र नुनु कुमारी पुर्जाको जोडीलाई प्रथम घोषणा गर्नु भएको थियो । त्यस्तै कार्यक्रमलाई प्रायोजन गर्दै लुम्बिनी रेष्टुरेण्टका संचालक नरेन्द्र पुर्जाले नेपालमा चल्ने मोबाईल थान १ र समाजको तर्फबाट तयार गरिएको सान्त्वना पुरस्कार सहितको बम्पर उपहारको नतिजा अनुसार प्रथम स्थान प्राप्त गर्नु भएका म्याग्देली युवा टीका पुनलाई रेष्टुरेण्ट संचालक नरेन्द्र पुर्जाले प्रथम पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा शुरेस रानाको स्वागत भाषण र भरत तुलाचनको संचालन रहेको थियो ।










थप फोटोहरु पुन:...

No comments:

Post a Comment