म्याग्दी समाज समितिकी सक्रिय सदस्य श्रीमती पार्वती बानिंया (बरुवाल) आगामी जुन ११ तारिख स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा म्याग्दी समाज समिति दक्षिण कोरियाले एक समारोहका साथ बिदाई कार्यक्रमको आयोजना गरेको छ । सउल तोङदेमुन स्थित निर्माणाधिन लुम्बिनी रेष्टरेण्ट २ को सभा कक्षमा सम्पन्न बिदाई कार्यक्रम समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र भुपुअध्यक्ष तथा बरिष्ठ सल्लाहकार बिरु रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । म्याग्देली भलिबल खेलाडी तथा सल्लाहकार राम कृष्ण पुन , म्याग्दी भलिबल टीम क्याप्टेन राम खड्का, सल्लाहकार ओम नारायण जुग्जाली,म्याग्दी समाज सल्लाहकार तथा थसेसअध्यक्ष भक्त सेरचन लगायतका बक्ताहरुले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथिको आशनबाट भुपु अध्यक्ष बिरु रोकालेसदस्य पार्वती बरुवालको समाज प्रतिको सकृयताको सराहना गर्नु भएको थियो । उपाध्यक्ष नारायण बरुवालले समितको गतिबिधि रआगामी कार्यक्रम सम्बन्धि जानाकारी दिनुको साथै सक्रिय सदस्य श्रीमती पार्वती बानिंया (बरुवाल) को सफल यात्राको कामना गर्नु भएको थियो ।साथै कार्यक्रममा उपस्थित म्याग्देलीहरुले श्रीमती पार्वती बानिंया (बरुवाल) को सफल यात्राको कामना गरेका थिए ।अन्तमा, समाजका अध्यक्ष नर बहादुर पुनले समाजको तर्फबाट उपहार प्रदान गर्नु भएको थियो । कार्यक्रम सदस्य कर्ण पुनको स्वागत र सचिब भरत तुलाचनको संचालन रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment