Jan 25, 2009

म्याग्दी समाज समितिको प्रथम साधारण सभा भब्यताका साथ सम्पन्न

-----------------------------थप तस्बिरहरु
म्याग्दी समाज समिति दक्षिण कोरिया सातौ कार्य समितिको प्रथम साधारण सभा सउल तोङदेमुन स्थित नमस्ते रेष्ठुरेण्टको सभा कक्षमा भब्यताका सम्पन्न भएको छ । कोरियामा कार्यरत करिव ८० जना म्याग्देली साधारण सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त साधारण सभामा समितिको बिधानका केहि बुंदाहरु शंसोधन गरि शंसोधित बिधानमा नयां बुंदाहरु थप गरिएकाछन । सभामा मे महिनामा प्रतिस्प्रर्धात्मक भलिबल खेल आयोजना र आगामी छुसक पर्वमा धौलागिरी सांस्कृतिक सौगातको आयोजना गर्ने निर्णय भएको छ । साथै समितिको रिक्त २ सदस्य पदमा श्रीमती पार्बती बरुवाल र कर्ण पुनलाई चयन गरिएको छ भने थप सल्लाहकार सदस्यमा ओम नारायण जुग्जालीलाई चयन गरिएको छ । सभामा समितिका सचिव भरत तुलाचनबाट बार्षिक प्रतिबेदन प्रस्तुत र कोषाध्यक्ष चिन बुदुजाले बार्षिक आय ब्यय प्रस्तुत गर्नु भएको थियो । साथै उपाध्यक्ष नारायण बरुवालले साधारण सदस्यता सम्बन्धि जानाकारी दिनु भएकोथियो । सभामा बिभिन्न बक्ताहरुले समितिको कार्यकलाप सम्बन्धि प्रकाश पार्दे म्याग्देली एकतामा जोड दिएका थिए । सांझ ६ बजे देखि शुरु भएको साधारण सभामा समितिका अध्यक्ष नरबहादुर पुनको सभापतित्व र भुपु अध्यक्ष टेक बहादुर पुनको प्रमुख आतिथ्य रहेको थियो । राती १० बजे समापन भएको प्रथम साधारण सभाको संचालन सचिव भरत तुलाचनको रहेको थियो ।

No comments:

Post a Comment