फोटोहरु : बेनी अनलाईन बाट
“उद्योग, ब्यापार र कलाको विकास गरौ, संस्कृतीको संरक्षण गर्दै पर्यटन प्रवद्धन गरौ ।” भन्ने मुल नाराका साथ भोली माघ १ देखि ८ गते सम्म म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आज देखि बेनी बजारमा म्याग्दी महोत्स्वस शुरु भएको छ। बेनी अनलाईनमा नियमित अपडेट न्युज अनुसार महोत्सवको तयारी स्वरूप सदरमुकाम बेनी बजारलाई ध्वजा, पटका, ब्यानर का साथै चोक चोकमा स्वागतद्धारा निर्माण गरि दुलही जस्तै सिंगारीएको छ ।स्थानिय देखि राष्ट्रिय अर्न्तराष्ट्रिय स्तरका उत्पादनहरूको प्रर्दशनीका लागि १५० वटा स्टल निर्माण गरिएको छ । सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा शुरु हुन लागेको यस महोत्सवमा नौमती बाजा, खुल्ला लोक दोहोरी प्रतियोगीता का साथै जिल्लामा बसोबास गर्ने विभिन्न जातजातीहरूको झाँकी, भेषभुषा पर््रदशनी, प्याराग्लाईडिङ, र्याप्टीङ, हात्ति शयर मुख्य आकर्षणको रुपमा रहेका छन ।
यहाँका जनजातीहरूको परम्परागत सरस्वती, सोरठी, मारुले मारुनी जस्ता नाच र यानीमाया, सुनिमाया लगायत लोकगितको पनि महोत्वसमा अवलोकन गर्न पाईने छ । जिल्लाका ऐतिहाँसीक, धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो र वृत्तचित्र पर््रदशन हुनुका साथै लद्यु उद्योग, कृषी, वन पैदावार, जडिवुटीहरूको बिषेश प्राथमिकताका साथ पर््रदशनी गरिने छ। महोत्वसमा राष्ट्रिय स्तरको महिला तथा पुरुष भलिबल र छेलो हान्ने खेल प्रतियोगीत पनि हुने बताईएको छ । आन्तरीक तथा बाहृ्य पर्यटकहरूलाई जिल्लामा आकषर्ीत गर्ने उद्देश्यले तातोपानी, भुरुङ् तातोपानी, गलेश्वर लगायतका स्थानहरूको अध्ययन अवलोकन भ्रमण कार्यक्रम पनि भएको यस महोत्सव अबधीभर करिब ३ करोड रूपैयाको आर्थिक कारोबार गर्ने र १ लाख ५० हजार जना पर्यटकहरूलाई जिल्ला भित्र्याउने आयोजकले लक्ष्य लिएका छन् । ( बेनी अनलाईनमा अपडेट न्युज को सारांश )
No comments:
Post a Comment