Jan 2, 2009

दक्षिण कोरियामा म्याग्देलीहरुले नयां बर्ष यसरी मनाए

------------------------------थप तस्विरहरु----------------------
भरत तुलाचन,सउल कोरिया ।
नयां बर्ष २००९ को सुखद् उपलक्ष्यमा कोरियामा कार्यरत म्याग्देलीहरु एक आपसमा शुभकामना साटासाट गरि मनाएका छन । गत डिसेम्बर ३१ तारिख सांझ म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको भेटघाट कार्यक्रममा नयां बर्षको शुभकामना साटासाट गर्ने अवसर मिलेको हो । कार्यक्रमको पहिलो चरणमा उपस्थित म्याग्देलीहरुको बृहत जमघटमा समाजको भावि कार्यक्रम सम्बन्धि महत्वपूर्ण छलफलहरु भयो । मध्यान्तर अर्थात रातको ठीक १२ बजे समाजको तर्फबाट अध्यक्ष नर बहादुर पुनज्युले केक काटेर नयां बर्ष २००९ को शुभारम्भ भएको घोषणा गर्दै नयां बर्ष हामी म्याग्देलीहरु लगायत सम्पूर्ण प्रवासीहरुमा सुख र शान्तिको बर्ष बनोस् भन्ने कामना गर्नु भएको थियो । त्यसपछि उपस्थित म्याग्देलीहरु बिच खानपिन , मनोरन्जन र शुभकामना साटासाटका साथ करिव २ बजे भेटघाट कार्यक्रम समापन गरिएको थियो ।कार्यक्रम करिव ५० जना म्याग्देलीहरुको उपस्थितिमा राजधानी सउल स्थित चोङगाक शहरमा रहेको दुर्गा रेष्टुरेण्टमा आयोजना भएको थियो ।

No comments:

Post a Comment