Jan 1, 2010

कोरियामा म्याग्देलीहरुले नयां बर्ष मनाए


म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २०१० को सुखद उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । ३१ तारिख सांझ १० बजे देखि राजधानी सउलको तोङदेमुन शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको उदघाटन समाजका अध्यक्ष नर बहादुर पुन र प्रमुख अतिथि एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरले पानशमा बत्ती बालेर संयुक्त रुपमा गर्नु भएको थियो । कोरियाली समय अनुसार राती ठिक १२ बजे समाजका अध्यक्ष नर बहादुर पुनले केक काटेर नयां बर्ष २०१० लाई स्वागत गर्नु भएपछि कार्यक्रममा उपस्थित म्याग्देलीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमलाई रोमान्चित बनाउन बम्पर उपहारको ब्यबस्था गरिएको थियो । जस्मा म्याग्दी मच्छिमका थम छन्त्यालले प्रथम पुरस्कार र अन्य चार जनाले द्दितिय तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो । त्यसपछि भएको खानपिन पश्चात उपस्थित म्याग्देलीहरुको सामूहिक नाच बिहान ८ बजे सम्म चलेको थियो । कोरियामा म्याग्देलीहरुले नयां बर्षमा नाचेरै रात कटाएको सम्भवत पहिलो पटक हुनु पर्दछ । प्राय: म्याग्देली भाकाहरुमा गरिएको सामूहिक नृत्यमा कोरियन,मंगोलियन नागरिकहरु समेत कम्मर मर्काई मर्काई नाचेका थिए ।

























No comments:

Post a Comment