Oct 22, 2009

कोरियाली भूमिमा एक जना म्याग्देली चेलीको बेदना र ब्यथा

भरत तुलाचन सउल,कोरिया ।
देश बिकासकै कुरा गर्नु पर्दा छोटो समयमै एशियाली राष्ट्रहरुलाई उछिन्दै बिश्वमै बिकशित राष्ट्रहरुको लाईनमा दरिन सफल कोरियाली भूमिमा जुनसुकै माध्यमबाट आईपुगे पनि हामी नेपाली जो कोहिमा धेरथोर कमाएर सुन्दर भबिष्य निर्माणको कल्पना बाहेकको अरु उदेश्य नै हुंदैन भन्दा हुन्छ, अपबादलाई छोडेर । खासमा भन्नु पर्दा यहां आईसके पछि कामै गरेर पैसा कमाउने नै हो भने आ-आफ्नो मिहेनत अनुसारको कमाई हुन्छ नै । काम गरे बापतको पारिश्रमिक नदिने कम्पनीहरु पनि यदाकदा नभएका होईनन् । यस्ता समस्याहरु पनि बिगत पांच सात बर्ष यता खासै छैन भन्दा हुन्छ । तर केहि बर्ष यता कोरियाको गांऊ गाऊंमा बस्ने किसानहरु जो उमेरले चालिस नाघि सक्दा पनि बिबाह गर्न नसकि रहेका बिकसित देशका बुढा कन्याहरुले छोरी सरहका बिदेशी चेलीहरु संगको कठित बिबाहले हजारौ बिदेशी चेलीहरुलाई रुवाईरहेको छ । अझ यहांको सरकारले कठित बिबाहलाई थप प्रोत्साहन गर्दै छ ।
यसै प्रसंगमा कोरिया पुगेर सुन्दर भबिष्य निर्माण गर्ने सपनाका साथ म्याग्दी जिल्लाबाट बिगत ४ महिना अगाडी दलाल मार्फत चालिसको हाराहारीमा रहेको कोरियन संग कठित बिबाह गरि कोरिया भित्रिएकी एक जना २० बर्षकी म्याग्देली चेली ( सुरक्षा र बिबिध कारण नाम र ठेगाना खुलाउन नसकिने ) चार महिनाको कष्टकर जीबनबाट मुक्त भएर राजधानी सउल आईपुगेकी छिन । कोरियाको बिगत गाऊमा दैनिक जसो खेतीमा काम गर्नुपर्ने , कठित श्रीमानको गालि गौलज र पिटाईबाट रोगी भएकी निज बहिनी हाल म्याग्दी समाज र आफ्नै सहोदर दाई (जो ३ महिना अगाडी ईपिएस मार्फत कोरिया आएका हुन ) को सम्पर्कमा आएका छन । हाल उनको अनुहारको आधा भागको छाला रातो भई चिन्नै नसक्ने अबस्थामा रहेको छ । अनुहार लगायत शरीरका बिभिन्न भागमा रातो दुबी जस्तो अनौठो रोगले भर्खर २० नपुगेकी ती बहिनीको अबस्था अति नाजुक छ । उनको अनुसार नेपालबाट आए देखिनै कसै संग सम्पर्क गर्न प्रतिबन्ध लगाईएको थियो । अनुहार लगायतमा रातो दाग देखा पर्न लागेपछि अस्पताल उपचार नगरि औषधी पसलबाट बिभिन्न औषधीहरु ल्याएर खान दिएको बहिनी स्वयं बताउंछन । गत ११ गते आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बसी बिपतमा परेकी ती म्याग्देली चेलीको औषधी उपचारमा कुनै कसर बांकी नराख्ने निर्णय गरेको थियो । साथै उक्त बैठकले बिसेस सहयोगको लागि नरेन्द्र पुर्जाको संयोजकत्वमा ४ जनाको सहयोग समिति गठन गरेको थियो । ।
कसरी हुंदैछ त ती बहिनीको उपचार ?
१२ गते सोमबार किशन पुन बसेको अस्पतालमा जचाईयो । ब्लड चेक, अनुहारको छालाको नमुना राख्ने काम भयो । अस्पतालले पूरा रिपोर्टको लागि १९ तारिख सोमबारको लागि बोलायो । सोमबारको दिन रोग गम्भिर भएकोले उक्त अस्पतालमा उपचार असम्भव भएको जानाकारी दिनुको साथै क्योङगिडो आन्सान नजिकको एक अस्पताल जानको लागि निर्देशन दियो । भोलि पल्ट लुम्बिनी रेष्टुरेण्टका संचालक तथा म्याग्दी समाज भुपु सचिव नरेन्द्र पुर्जा बिसेस रिपोर्ट सहितको कागजात लिएर बहिनीका साथ उक्त अस्पतालमा पुग्नु भयो । हाल ती बहिनी आनसान जाने ट्रेन ४ नं लाईनको फम्गे श्टेसन देखि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना भएकी छिन । थप रिपोर्टहरु राख्दै गर्ने छु हेर्दै गर्नु होला http://www.myagdisamaaj.blogspot.com/

No comments:

Post a Comment