Jun 27, 2009

किशन पुनको स्वास्थ् स्थितिमा तिब्र सुधार, एक हप्ता भित्र डिस्चार्ज हुने


फोटो- btulachan
घुंडाको अप्रेशनार्थ करिब १ महिना देखि राजधानी सउलको तोङदेमुन स्थित नेश्नल मेडिकल सेन्टरमा रहनु भएका म्याग्देली युवा किशन तिलिजा आगामी हप्ता अर्थात जुलाई महिनाको ३ तारिख सम्ममा डिस्चार्ज हुनु हुने भएको छ । हिजो २७ तारिख शनिबार सांझ अस्पतालमा बिरामी किशन तिलिजा संग भएको प्रत्यक्ष भेटमा उहांले आगामी हप्ता डिस्चार्ज हुने कुरा बताउनु भएको हो । अप्रेशनमा संगलग्न डाक्टरले दावी गरे अनुसार नै स्वास्थ्यमा क्रमिक सुधार आएको थाहा भएको छ । उहां हाल बैशाखी बिना नै राम्ररी अस्पताल परिसरमा हिंडडुल गर्न सक्नु हुन्छ ।
हाल सम्मको अस्पताल खर्चको बारेमा ,
अस्पताल भर्ना हुंदा देखिको करिव १ हप्ता सम्ममा एमआरआई, एक्स-रे,ब्लड चेक, भर्ना फी आदि गरि सात लाख ओन बिरामी स्वयंबाट भुक्तान भईसकेको छ । अप्रेशन गर्नु पर्ने भएपछि डाक्टरकै सल्लाह अनुसार उक्त अस्पताल संग सम्बन्धित छिन्लो बोहम (ईन्सुरेन्स)मा दर्ता भएपछि ग्रुपको सहयोगमा उपचार भई रहेको छ । छिन्लो बोहम सहयोगी ग्रुप खासगरि कोरियामा ईलेगल बिदेशी मजदूरहरुलाई उपचारार्थ ठूलो रकम आवश्यक परेमा सहयोग गर्न सक्ने एउटा संस्था हो । जो ईन्सुरेन्स नभएका भिसा वाला बिदेशी मजदूरहरुलाई समेत सहयोगी हुन सक्ने बुझिएको छ ।
हाल सम्म कति आयो बील ?
जुन को पहिलो हप्ता देखि हिजो सांझ सम्मको पूरा बिल ६६ लाख ओन नेरु करिव ५ लाख जति देखिएको छ । उक्त रकम र आगामी एक हप्तामा थप हुन सक्ने करिव ५ देखि १० लाख ओन मध्य ९५% बील मिनाहा हुने सम्भावना प्रबल भएता पनि बांकि रकमको भने जोहो गर्नु पर्ने भएको छ ।
शनिबार सांझ सम्मको बील जस्ताको तस्तै- ठूलोमा हेर्न स्क्रिनमा क्लिक गर्नुहोस



No comments:

Post a Comment