Nov 26, 2008

सदस्यता बितरण कार्य सफलताका साथ सम्पन्न हुंदै ।

म्याग्दी समाज समिति दक्षिण कोरिया नव कार्य समितिको सातौं बैठकको निर्णयानुसार कोरियाली भूमिमा कार्यरत म्याग्देलीहरुलाई साधारण सदस्यता बितरण गर्ने कार्य सफलताको साथ सम्पन्न भईरहेको जानाकारीमा आएको छ । बितरण कार्यमा खतिनु भएका कार्यकारिणी सदस्यहरुले दिनु भएको जानाकारी अनुसार हाल सम्म कोरियामा कार्यरत कूल म्याग्देलीको पचास प्रतिशत भन्दा बढिले साधारण सदस्यता प्राप्त गरि सकेका छन । स्मरणिय रहोस, सदस्यता बितरण कार्यको अन्तिम मिति आगामी डिसेम्बर १३ तारिख शनिबार सम्म रहेको छ ।

No comments:

Post a Comment