Sep 25, 2008

म्याग्देली खेलाडीहरुको सम्मानमा आयोजित जलपान कार्यक्रम भब्यताका साथ सम्पन्न ।

---------------------कार्यक्रम सम्बन्धि थप तस्बिरहरु
भरत तुलाचन,सउल
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको खेलाडीहरुको सम्मान तथा जलपान कार्यक्रम राजधानी सउलस्थित नमस्ते रेष्टुरेण्टको सभाकक्षमा भब्यताका साथ सम्पन्न भएको छ . सेप्टेम्बर १२ तारिख शनिबार सांझ निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो गरि अर्थात करिब ९ बजे देखि शुरु भएको कार्यक्रममा कोरियामा कार्यरत म्याग्देलीहरु, बिभिन्न संघ संस्थाहरुका पदाधिकारीहरु,पत्रकारहरु तथा बिधार्थीहरु गरि करिव ८० जनाको उपस्थिति रहेको थियो . म्याग्दी समाज समितिका अध्यक्ष नर बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथिमा हाल कोरिया भ्रमणमा रहनु भएकी राजनितिकर्मी तथा समाजसेवी स्वर्गिय राम गौचनकी धर्मपत्नी तथा समाजसेवी श्रीमती बिमला गौचन रहनु भएको थियो . कार्यक्रममा एनसिसि कप म्याग्दी समाजको पोल्टामा पार्न सफल म्याग्देली टीमका खेलाडीहरुका साथै कोरियामा रहेका सम्पूर्ण म्याग्देली खेलाडीहरुलाई म्याग्दी समाज समितिका अध्यक्ष नर बहादुर पुनले सम्मान पत्र र प्रमुख अतिथि श्रीमती बिमलागौचनले खाडा ओड्याएर सम्मान गर्नु भएको थियो . कार्यक्रममा नेपाल सम्पर्क समितिका अध्यक्ष इश्वर केशी , नेपाली जनसम्पर्कसमिति द कोरियाका सभापति तथा नेपाल बौद्द परिवारका भुपु अध्यक्ष नरेन्द गुरुङ, एनआरएन अन्तर्राष्टि्य समन्वय समितिका सदस्यतेन्जिङ शेर्पा लगायतका अतिथि बक्ताहरुले म्याग्दी समाज समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमको सराहना गर्नुहुदै यस कार्यक्रमले खेलाडीहरुको मनोवल उच्च रहने बिचारहरु ब्यक्त गर्नु भएको थियो . साथै सोहि कार्यक्रम मार्फत कार्यकारिणी सदस्य तथा म्याग्देली टीमका भलिबल खेलाडी बसन्त सेरचन कोरिया लामो बसाई पश्चात स्वदेश फिर्ता हुन लागेकोले उहांको बिदाई समेत गरिएको थियो . कार्यकारिणी सदस्य बसन्त सेरचनलाई अध्यक्ष श्री नर बहादुर पुनले समाजको तर्फबाट उपहार प्रदान गर्नु भएपछि उपस्थिति सम्पूर्ण महानुभावहरुले सेरचनको सफल यात्राको कामना गरेका थिए . थसेस अध्यक्ष तथा म्याग्दी समाजका सल्लाहकार भक्त सेरचन, म्याग्दी समाजका भुपु अध्यक्ष तथा बर्तमान बरिष्ठ सल्लाहकार द्दय टेक बहादुर पुन र बिरु रोका तथा खेलाडीहरुको तर्फबाट टीम क्याप्टेन राम खड्का र कुशल खेलाडी रामकृष्ण पुन लगायतका बक्ताहरुले कार्यक्रमको बारेमा प्रकाश पार्नुको भएको थियो . प्रमुख अतिथिको आशनबाट बोल्दै समाजसेवी श्रीमती बिमला गौचनलेबिदेशमा धेरै लामो समय बस्न नहुने र छिटो आफ्नो लक्ष पूरा गरेर स्वदेश फर्कनु पर्ने कुरामा जोड दिनु भएको थियो . उपाध्यक्ष नारायण बरुवालले दोश्रो चरणको जलपान कार्यक्रमको बारेमा जानाकारी दिनु भएपछि अध्यक्ष नर बहादुर पुनलेकार्यक्रममा उपस्थिति सम्पूर्ण महानुभावहरुलाई धन्यबाद दिंदै पहिलो चरणको कार्यक्रमको समापन गर्नु भएको थियो . बिधार्थी तथा खेलाडी जीबन बानियांको स्वागत भाषण र सचिव भरत तुलाचनको संचालन रहेको पहिलो चरण कार्यक्रमको समापनपश्चात दोश्रो चरणको जलपान कार्यक्रम अति रोमान्चित, शौहार्दपूर्ण वातावरणमा करिव २ घण्टा सम्म चलेको थियो .

No comments:

Post a Comment